योगेश भट्टराईको प्रश्नः आफू कानुन मिच्ने, अरूलाई पालना गर्न उर्दी जारी गर्ने ?

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सत्ता र शक्तिमा रहेकाहरूले कानुन उल्लङ्घन गर्दै अरूलाई भने कानुन पालना गर्न निर्देशन दिने प्रवृत्तिप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत भट्टराईले सत्ता र शक्तिमा रहेकाहरूले कानुनको उल्लङ्घन गर्ने तर अरूलाई कानुन पालना गर्न उर्दी जारी गर्ने अवस्था देखिए त्यसले विद्रोहको अवस्था निम्त्याउन सक्ने चेतावनी दिएका हुन् ।

उनले लेखेका छन्, ‘सत्ता र शक्तिवालाहरू आफू कानुनको धज्जी उडाउँछन्, कानुन उल्लङ्घन गर्छन्, अनि अरूलाई कानुन पालना गर्न उर्दी जारी गर्छन्। तब कृष्णलाल अधिकारीहरू जन्मन्छन् र मकैको खेती सुरु हुन्छ। त्यसपछि के हुन्छ????????’

Leave a Reply

Your email address will not be published. Required fields are marked *