काठमाडौँ । पछिल्लो एक घण्टामा अर्घाखाँचीको सिमलपानी केन्द्रमा सबैभन्दा बढी वर्षा मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले सिमलपानीमा ५८.२ मिलिमिटर वर्षा भएको जनाएको छ ।
हाल काठमाडौँ उपत्यकासहित बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षाका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यात्रा तथा दैनिक गतिविधिमा सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।
