काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ८ सय रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४२५ कायम भएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४१५ कायम भएको थियो ।
