काठमाडौ । अलेक्जान्डर स्वेरेभ पहिलोपटक ग्राण्ड सलामको फाइनलमा पुग्न सफल भएका छन । उनी जर्मनका खेलाडी हुन । आज बिहान भएको खेलमा स्पेनका पाब्लो कारेनो बुस्तालाई पराजित गरेर स्वेरेभ युएस ओपन टेनिसको फाइनलमा पुग्न सफल भएका हुन् ।
सुरुका दुई सेटमा पछि परेका २३ वर्षे स्वेरेभले त्यसपछि शानदार पुनरागमन गरी नतिजा आफ्नो पक्षमा पार्न सफल भएका थिए। पाँचौँ बरियताका स्वेरेभ २० औँ बरिताका बुस्तासँग पहिलो दुई सेटमा ३–६ र २–६ ले पराजित परेका थिए । त्यसपछि उनी खेलमा फर्किए ।
स्वेरेभले समग्रमा ३–६, २–६, ६–३, ६–४ र ६–३ को सेटमा जित निकालेका हुन्।
स्वेरेभले उपाधिका लागि आइतबार डोमिनिक थिएम वा डानिल मेडभेडेभसँग प्रतिस्पर्धा गर्ने छन् ।
