राइजिङ स्टार्स खेल्न गएको नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता भएको छ । नेपाली टोली बुधबार राति स्वदेश आइपुगेको हो ।

एसिया कप राइजिङ स्टार्समा नेपालले तीन खेल खेलेको थियो । तीन खेलमध्ये नेपालले दुईमा पराजय र एक खेलमा जित निकालेको थियो ।

नेपालले भारत ‘ए’ र पाकिस्तान ‘ए’ विरुद्ध पराजय व्यहोर्दा युनाइटेड अरब इमिरेट्स (युएई) लाई हराएको हो । नेपाली टोली अब एसिया आईसीसी एकदिवसीय विश्वकप ‘क्वालिफायर प्लेअफ’मा केन्द्रित हुनेछ । प्रतियोगिता यही मङ्सिर १८ देखि पुस ६ गतेसम्म नेपालमा आयोजना हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *