दैलेखमा बन्चरो प्रहार गरी दुई सन्तानको हत्या, दुई घाइते

दैलेख । दैलखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा घरायसी विवादका क्रममा एक व्यक्तिको बन्चरो प्रहारबाट दुई सन्तानको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

चामुन्डा बिन्द्रासैनीका ३८ वर्षीय अम्बर सलामी मगरले शनिबार बिहान परिवारका सदस्यमाथि बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट श्रीमती वर्ष ३५ की मनिषा सलामी मगर, छोरा वर्ष १२ का तपेन्द्र सलामी, वर्ष ६ का मिलन सलामी र छोरी वर्ष ३ की करिस्मा सलामी घाइते भएका थिए । बन्चरो प्रहरबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि नगर अस्पताल दुल्लु पुर्याइएको थियो ।

तर उपचारका क्रममा १२ वर्षीय छोरा तपेन्द्र सलामी र ३ वर्षीया छोरी करिश्मा सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीले बन्चरो प्रहार गर्ने अम्मर सलामी मगरलाई पक्राउ गरेको छ भने गम्भीर घाइतेको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *