काठमाडौँको मैपीबाट २४ जुवाडे पक्राउ, ९ लाख ६० हजार रुपैयाँ बरामद

काठमाडौँ । काठमाडौँको मैपीस्थित एक घरमा जुवा (कौडा) खेलिरहेको बेला प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट ९ लाख ६० हजार ५०० रुपैयाँ नेपाली नगद, ४६० अमेरिकी डलर, ५०० भारतीय रुपैयाँ र १६ थान कौडा बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार राति ९ः३० बजे प्रहरी टोलीले मैपीस्थित एक घरमा कौडा खेलिरहेको बेला उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा निरज निरौला, बसन्त अधिकारी, सुजन श्रेष्ठ, नारायण श्रेष्ठ, राजेश केसी, विनोद घिमिरे, रामकृष्ण कार्की, जलेश पाण्डे, दिनेश भट्टराई, प्रदीप कडेल, माधव बिष्ट, शालिग्राम वाग्ले, जयराम पाण्डे, शिव भट्ट, सन्दिप पौडेल, सुनिल श्रेष्ठ, प्रेम श्रेष्ठ, महेश दाहाल, श्याम शर्मा, अरुण बस्नेत, सुमन रिजाल, प्रदीप गौतम, आनन्द राज त्रिपाठी र अनिल सिलवाल रहेका छन् ।

प्रहरीले उनीहरूलाई जुवा सम्बन्धी कसूरमा नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *