काठमाडौँ । एग्रिमो आएका तीन देशका लागि नेपाली राजदूतको शपथ सोमबार हुने भएको छ । भारत, चीन र इजरायलका लागि नेपाली राजदूतको सोमबार शपथ हुने भएको हो । राष्ट्रपति कार्यालयमा सोमबार शपथको कार्यक्रम राखिएको छ । सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा र इजरायलका लागि सुरेश कर्णलाई सिफारिस गरेको थियो ।
प्रधानमन्त्री आगामी मंसिरमा भारत भ्रमणमा जाने कार्यक्रम छ । त्यसैले पनि राजदूतको शपथ छिटो गर्न लागिएको बताइएको छ । भारत भ्रमणपछि प्रधानमन्त्री चीन भ्रमणको तयारी गर्न पनि चीनमा राजदूत छिटो नियुक्ति गर्नुपर्ने छ ।
सरकारले १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको थियो । तीमध्ये संसदीय सुनुवाइ समितिले १० जनाको नाम अनुमोदन गरेको थियो । समितिले दुई जनाको नाम अस्वीकृत गरेको थियो भने एक जनाले नाम फिर्ता लिएका थिए ।
