-नारायण पौडेल
अमेरिकामा रहेका एक चल्तापूर्जा नेपाली युवाले ३ बर्ष अघि ह्वाइट हाउस भित्र घुमफिर गरेको पोष्टिए । पोष्टमा उनले घुमफिरको चॅाजोपॅाजो मिलाइदिएकोमा ह्वाइटहाउसमै कार्यरत नरेशलाई धन्यवाद दिएका थिए ।सेवा निवृत्त अमेरिकी सैनिक, त्यमाथि डिसेबल्ड भेटेरानकारुपमा पेन्सनप्राप्त भनिएका नरेश ह्वाइटहाउसजस्तो संवेदनशिल ठाउॅमा स्यकुरिटी क्लियरेन्सवाला (व्यक्तिको चरित्र र पृष्ठभूमीबारे गहन अनुसन्धान गरेर मात्र दिइने) जागिर खाइरहेका थिए । सुदुरपश्चिमको गॅाउ हॅुदै विश्व शक्तिको केन्द्र ह्वाइट हाउसमा कार्यरत सन्दर्भ उनको परिवार र निकटवर्तीका लागि अचम्म उपलब्धी थियो । झट्ट सुन्दा परदेशिएको एक आम नेपालीले सालाखाला गर्न सक्ने प्राप्ति नरेशलाई प्राप्त भइसकेको थियो ।
तर नरेशले पाउन बॅाकी खास कुरा बॅाकी नै रहेछ । छोरीलाई टुहुरी बनाएर, सारालाई रुवाएर, अमेरिकी सारा संयन्त्रलाई ढॅाटेर सम्भवतः आजीवन काराबास पाउन बॅाकी नै रहेछ । मान्छेको जीवनमा यो तहको उथलपुथल नाटक वा फिल्मको दृश्यभन्दा भयानक देखिन्छ ।
ममताका सहकर्मीहरुले शुरुमै विशेष चॅासो लिएका हुन्थेनन् भने सेक्युरिटी क्लियरेन्स व्यक्तिले त्यस्तो अपराध सायदै गर्यो होला भन्ने विश्वासको लाभ नरेशले केही मात्रामा भएपनि पाउन सक्थ्यो । शुरुमा उपनि ममताको ‘न्याय’का लागि छोरीसहित प्रदर्शनमा लागेकै थियो । उप्रति ईम्प्याथी राख्नेहरुपनि सक्रिय थिए ।
ममताको मरणमा प्रत्यक्ष नरेश जिम्मेवार रह्यो । परोक्षरुपमा धेरै पक्षको जिम्मेवारी रह्यो । बाहिरिएका तथ्य भन्छन्- नरेशले हिंस्रक व्यवहार पहिले नै देखाइ सकेको रहेछ । सकेसम्म घर मिलाउने ‘हाम्रो संस्कार र मनोबिज्ञान’ले काफी हदसम्म काम गर्यो होला । ममताले न्यायका लागि प्रयास गरेको भन्ने पनि सुनियो । आम नेपालीको पहॅुचमा रहेका वकिलहरुको पारा उही छ- पहिला पैसा बुझाउनुहोस्, अनि पीडा वा समस्या भन्नुहोस् । सम्भावित परिणामबारे अत्तोपत्तो नभइ पीडा भन्नकै लागि मात्र पैसा बुझाउन परेसि अकाउन्ट लक भएकी ममताले न्यायको ढोका ढक्ढकाउन सहज थिएन । ममताले जिवितै पाएको न्याय न्याय हुन्थ्यो, अहिले नरेशले आफ्नो कुकर्मका लागि दण्ड पाएको मात्र हो ।
अर्को पाठ पनि यो घटनाले दिलाएको छ – त्यो हो मान्छेको सबल पक्ष जे हो दुर्लब पक्ष पनि त्यही हुन्छ । नरेशले हत्या गरेकै हो भन्ने सबुत प्रमाण नभेटिएपनि परिश्थितिजन्य प्रमाण हत्या पुष्टि गर्ने आधार बन्यो । ह्वाइटहाउसमा काम गर्थ्यो । अति संवेदनशील र सेक्योर्ड ल्यापटप चलाउथ्यो । जस्मा उस्ले श्रीमतीको मृत्यु वा बेपत्ता भएपछि के हुन्छ भन्ने बारेमा गुगल सर्च गरेको रहेछ । हामीले सर्च गरेका कुरा सर्च इन्जिनको स्मृतिमा रहिरहन्छन्, झन् अफिसको कम्प्युटर वा ल्यापटपमा नियोजितरुपमै सर्च गरेको कुरा नमेटिने बनाइएको हुन्छ सामन्यतया । उ टेस्ला चढ्थ्यो । टेस्लाको सफ्टवेयरले यात्राको विवरण (म्यापिङ) सेफ गर्छ । उ जहॅा जहॅा गएको थियो, त्यस्को रुट टेस्लाबाट प्राप्त भयो । त्यही रुट र समयका आधारमा औजार किन्दै गरेको र ममतालाई टुक्रा टुक्रा बनाएर पोकामा फाल्दै गरेको उस्को दृश्य क्यामरामा फेला पर्सो । मानि लिउॅ उस्ले कम्पुटर/ल्याबटपमा ति कुरा सर्च गरेको हुन्थेन र सामान्य गाडी चढेर ममतालाई मिल्काएको हुन्थ्यो भने? सम्भवतः हत्या अभियोग प्रमाणित गर्न थप कठीन हुन्थ्यो ।
नरेशको भनाइ, साक्षीको बयान, प्राप्त सबुत र परिश्थितिजन्य प्रमाण भन्छन्- नरेश ममतालाई दमपच पारेर नयॅा घरजम गर्ने योजनामा थियो । ममतासॅग उस्ले कानूनी तरिकाबाट अलग हुन सक्थ्यो । यसो गर्दा सम्पत्तिमा हिस्सा लाग्न सक्थ्यो, कानूनी प्रक्रियामा खर्च हुन सक्थ्यो, यसो नगर उसो गर भन्दै समाजको निगरानी रहन सक्थ्यो- यो सबबाट पार पाउन उस्ले भूमीगत बाटो रोजेको हुनसक्छ । तर, यही भूमीगत बाटोले उस्लाई विश्वभर नरभक्षीका रुपमा सार्वजनिक बनायो । घर लिलाम भयो, ह्वाउटहाउसवाला जागिर गयो, आफन्त इष्टमित्र, साथीभाइ सबका सब टाढा बनायो । सुरक्षाकर्मीको निगरानीमा सम्भवतः आजीवन जेलमा रहनु पर्ने भयो । यस्तो एक भयानक निर्णय, जस्ले ममताको ज्यानमात्र लिएन- परदेशमा कर्मयोगी छबि बनाएका नेपालीको संस्कारमा धब्बा हान्यो- आफ्नो पनि चौपट पार्यो । न रहो ममताको सास- नबज्यो नरेशको नयॅा बासुरी !
