काठमाडौं । भाइटीकाको दिन बुधबार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा असिनापानी परेको छ ।
बुधबार दिउँसो अचानक मौसम बदली भएसँगै काठमाडौं उपत्यका, धादिङ र नुवाकोटका विभिन्न स्थानमा असिनासहित वर्षा भएको हो ।
अचानक परेको असिनापानीले जनजीवन प्रभावित भएको छ । भाइटीका लगाउने तयारीमा रहेका सर्वसाधारणलाई समेत वर्षाले केही असहज बनाएको छ ।
