पोखराद्वारा लुम्बिनीलाई सामान्य विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा पोखराले लुम्बिनीलाई ९८ जितको लागि रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९७ रन बनाएको हो । पोखराको लागि चमिका करुनारात्ने २५, कप्तान कुशल भुर्तेलले १४, महेदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

लुम्बिनीको लागि रुबिन ट्रम्पलम्यानले  ४ ओभरमा १६ रन दिएर ३ विकेट लिए । यस्तै तिलक भण्डारीले दुई तथा शेर मल्ल, अभिशेष गौतम र रोहित पौडेलले समान एक/एक विकेट लिए ।

अब लुम्बिनीले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *