काठमाडौँद्वारा कर्णाली याक्स ४ विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराएको छ । कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौँले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायो ।

काठमाडौँका राशिद खानले ५०, कप्तान करण केसीले ४४ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामी र हुसैन तलातले २÷२ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो । प्रतियोगितामा काठमाडौँको यो पहिलो जित हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *