काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले कर्णाली याक्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जिते कर्णालीलाई ब्याटिङको निम्तो दिएका छन् ।
कर्णालीले यसअघि दुईवटा खेल खेलेको थियो, जसको नतिजा आफ्नो पक्षमा पारेको थियो । काठमाडौंले भने पहिलो खेल हारेर आज दोस्रो खेल खेल्न लागेको हो ।
