काठमाडौं । शुक्रबारदेखिको वर्षाले पानी जम्मा भएको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा वर्षा रोकिएसँगै मैदान सुकाउने काम भइरहेको छ । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच हुने खेलको लागि हाल मैदानमा जम्मा भएको पानी सुकाउन सुपर सोपरको प्रयोग गरिएको छ ।
वेट आउटफिल्डका कारण टसमा एक घण्टा ढिलाई भएको छ ।
तस्बिर :- नेपाल प्रिमियर लिग



