वर्षाले टियु क्रिकेट मैदान जलमग्न, एनपीएलका दुवै खेल रद्द हुने उच्च सम्भावना

काठमाडौं । शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान जलमग्न बनेको छ । मैदानमा पानी जमेका कारण आज (शनिबार) हुने तय भएका नेपाल प्रिमियर लिग (एनपीएल) का दुवै खेल प्रभावित हुने उच्च सम्भावना रहेको छ ।

आजको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै, दोस्रो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुने तालिका छ ।

तर, लगातारको वर्षाले मैदानमा पानी जमेपछि तोकिएको समयमा खेल सञ्चालन हुनेमा अन्योल देखिएको छ । वर्षा नरोकिएमा दुवै खेल रद्द हुनेछन् ।

एनपीएलको लिग चरणमा रिजर्भ डेको व्यवस्था छैन । त्यसैले वर्षाका कारण खेल सञ्चालन हुन नसकेमा सम्बन्धित दुवै टोलीले एक/एक अंक बाढ्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *