काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्स अन्तर्गत जारी खेलमा युएईले नेपाललाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एण्ड टेक्नोलोजीमा जारी खेलमा युएईले नेपाललाई जितको लागि १ सय २२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको युएईले ३९.५ ओभरमा अलआउट हुँदै १ सय २१ रन बनाएको हो । युएईको लागि मुहम्मद शहदादले सर्वाधिक ४० रन बनाए । उनले ७० बलमा ५ चौका प्रहार गरे । यस्तै हप्रित सिंहले ३२ र नोरुल्लाह अयोबीले १२ रन बनाए ।
नेपालको लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ३ मेडन राख्दै ११ रन दिएर ३ विकेट लिए । यस्तै कुशल भुर्तेलले ५ ओभरमा २ मेडन राख्दै १५ रन दिएर तीन विकेट लिँदा नन्दन यादव, रशिद खान र ललित राजवंशीले समान एक/एक विकेट लिए ।
अब नेपालले जवाफी ब्याटिङ गर्नेछ ।
