पोखरा । कोजाग्रत पूर्णिमाका अवसरमा पोखरास्थित फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको घुइँचो लागेको छ ।
पूर्णिमाका अवसरमा मन्दिरमा हरेक वर्ष विशेष पूजापाठ हुने भएकाले आइतबार बिहानैदेखि भक्तजन दर्शनका लागि पुगेका हुन् । भक्तजन डुङ्गा चढेर फेवातालको बीचमा रहेको मन्दिरमा पुगेर पूजाआराधना गरिरहेका छन् ।
कोजाग्रत पूर्णिमाका दिन फेवातालमा पर्यटकको चहलपहलसमेत बढेको छ । तालमा डुङ्गा सयर गर्दै पर्यटकले मनोरञ्जन लिइरहेका छन् ।
तस्बिरः कृष्ण दवाडी/राधिका कँडेल/रासस




