एआइजी दाहाललाई बर्खास्त गर्न सिफारिस

काठमाडौँ । सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । संवेदनशील सूचना चुहाएको अभियोगमा निलम्बनमा रहेका एआइजी दाहाललाई जाँचबुझ अधिकृतले बर्खास्त गर्न सिफारिस गरेका हुन् ।

जाँचबुझ अधिकृत तोकिएका एआइजी अञ्जनी पोखरेलले छानबिन प्रतिवेदन बिहीबार बुझाएका थिए । प्रतिवेदनमा एआइजी दाहाललाई सशस्त्र प्रहरी नियमावली अनुसार बर्खास्तसम्म गर्न सक्ने प्रावधान किटान गरेको छ ।

एआइजी दाहालले प्रधानमन्त्रीसँग सम्बन्धित संवेदनशील सूचना आदानप्रदान गरेको प्रमाण समेत प्रतिवेदनमा संलग्न गरिएको छ । बयानमा उनले इनाम सापकोटासँगको संवाद स्वीकारेका छन् ।

एआइजी दाहाल पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ पर्दा राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *