अग्रिम टिकट खुल्नासाथ नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ । आजदेखि दसैँको अग्रिम टिकट बुकिङ खुलेको छ । टिकट बुकिङ खुलेसँगै काठमाडौँको नयाँ बसपार्कमा यात्रुको लाइन लागेको छ ।

सरकारले दसैँमा घर जानका लागि शुक्रबारदेखि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको थियो । नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले बिहीबार राति ९ बजेदेखि टिकट लिनका लागि यात्रुले लाइन बस्न सुरु गरेको जानकारी दिए ।

यात्रुलाई सहजीकरण गर्न बसपार्कमा नागरिक सहायता कक्षसमेत सञ्चालनमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *