बूढानीलकण्ठबाट ठूलो परिमाणमा सुन बरामद

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बिहीबार साँझ बूढानीलकण्ठबाट २१ किलो सुन बरामद गरेको हो । प्रहरीले विशेष सूचनाको आधारमा सुन बरामद गरेको हो ।

बरामद सुनमध्ये ११ किलो तयारी अवस्थामा रहेको र १० केजी प्रशोधन गर्ने गरी राखिएको अवस्थामा भेटिएको बताइएको छ । प्रहरीले यसकाबारेमा शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *