नेसन्स लिगमा फ्रान्सको सहज जित

एजेन्सी । युईएफए नेसन्स लिगमा फ्रान्सले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा बेल्जियलाई ४-१ गोलले पराजित गर्दै फ्रान्सले प्रतियोगितामा तेस्रो जित निकालेको हो ।

स्टाडे डी फ्रान्समा भएको खेलमा फ्रान्सलाई जित दिलाउन मिकेल ओलिसेले दुई गोल गर्दा रायन चेर्की र डेसिर डोएले समान एक/एक गोल गरे । बेल्जियमको लागि डोडी लुकेबाकिओले एक गोल गरे । खेलको ३५ औँ मिनेटमा लुकेबाकिओले गोल गर्दै बेल्जियमलाई शुरुवाती अग्रता दिलाएका थिए । ७७ औँ मिनेटमा डोएले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

८१ औँ मिनेटमा चेर्कीले गोल गर्दै फ्रान्सलाई २-१ गोलको अग्रता दिलाए । ८८ औँ मिनेटमा ओलिसेले गोल गर्दै फ्रान्सलाई सहज जिततर्फ अगाडि बढाएका थिए । यस्तै इन्जुरी समयमा ओलिसेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ४-१ गोलको जित दिलाएका हुन् ।

जितसँगै फ्रान्स ४ खेलबाट १० अंक जोड्दै समूह ए ४ को शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ६ अंक जोदेओ बेल्जियम तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *