कालीगण्डकीको बाढीले पर्वतमा बगायो ८० घर

काठमाडौँ । पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से बस्तीमा कालीगण्डकी नदीको बहाव बस्तीमा पस्दा अन्दाजी ८० वटा घर बगाएको छ ।

गएराति देखिनै बाढी बस्तीमा पस्न शुरु भएपछि मानिसहरू सुरक्षित स्थानमा गएको बुझिएको छ । जसका कारण मानवीय क्षति नभएको बताइएको छ ।

अन्य घरहरु समेत उच्च जोखिममा रहेको भन्ने खबर प्राप्त हुन साथ सशस्त्र प्रहरी बल नेपाल नं.२५ चण्डीका गण पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले जिन्सी सर–सामान तथा सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको सशस्त्र प्रहरीका सहप्रवक्त डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *