पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम । अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको छ । आज बिहान चौरपाटी गाउँपालिका–६ दुनीमा सडक भासिएपछि सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पवीन्द्र बमले जानकारी दिए।

भासिएको सडक मर्मतसम्भार गरी यथाशक्य चाँडो यातायातका साधन सञ्चालन गर्न सडक डिभिजन कार्यालयसँग समन्वय गरिएको उनले बताए।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *