प्रतिनिधिसभाको बैठक बुधबार बस्ने, सभामुखले जनधनको क्षतिका बारेमा विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा सभामुख डीपी अर्यालले यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको अपूरणीय जनधनको क्षतिका बारेमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा सदनमा प्रतिनिधित्व गरेका छ दलका प्रतिनिधिले भनाइ राख्ने  कार्यसूची रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

यसअघि यही भदौ १० गते सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो । भोटेकोसी बाढीबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरु समेत खोज, उद्धार, राहत तथा पुनःस्थापनामासंलग्न हुनुपर्ने जनाउँदै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *