गण्डकी । रसुवाको भोटेकोसी नदीमा गत बुधबार गएको बाढीमा मृत्युवरण गरी हालसम्म पहिचान हुन नसकेका ८३ वटा शवको जमिनमुनि व्यवस्थापन गरिएको छ ।
भोटेकोसी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेटिएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि ल्याइएका १०२ शव मध्ये सनाखत हुन नसकेका ८३ शव मङ्गलबार पोखरा–१६ लामाचौर जौवारीको वन क्षेत्रमा शव व्यवस्थापन गरिएको हो ।
नवलपुर, धादिङ, तनहुँ र गोरखाबाट पोखरा ल्याइएका एक सय दुई शवमध्ये सोमबारसम्म जम्मा १६ शव पहिचान गरी आफन्तलाई बुझाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिए । डिएनएसँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्ने गरी व्यवस्थापन गरिएको प्रजिअ गुरुङले बताए ।






