त्रिविको रेक्टरमा सिंह र रजिस्ट्रारमा सिवाकोटी नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा अन्जना सिंह नियुक्त भएकी छिन् । त्रिवि उपकुलपति प्रा.डा. भोला थापाको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री बालेन साहले मंगलबार रेक्टरमा सिंहलाई नियुक्त गरेका हुन् । यस्तै, रजिस्ट्रारमा सहप्राध्यापक रवीन्द्र सिवाकोटी नियुक्त भएका छन् ।

सिंह र शिवाकोटीले आज दिउँसो ३ बजे शपथ लिंदैछन् । सिवाकोटी त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायका प्राध्यापक हुन् भने सिंह विज्ञान संकायकी प्राध्यापक हुन् । यसअघि त्रिविको निमित्त रजिस्ट्रारमा प्रा.डा. महानन्द चालिसे र रेक्टर प्रा.डा. शंकर खनाल थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *