एजेन्सी । इंग्लिस प्रिमियर लिगको पहिलो खेलमै म्यानचेस्टर युनाइटेड पराजित भएको छ । शनिबार बेलुकी भएको खेलमा युनाइटेड हल सिटीसँग २-० गोलले स्तब्ध बनेको हो ।
एमकेएम स्टेडियममा भएको खेलमा हल सिटीलाई जित दिलाउन सेमी अजयी र नोबेल मेण्डीले समान एक/एक गोल गरे । खेलको १७ औँ मिनेटमा अजयीले गोल गर्दै हल सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए । ३८ औँ मिनेटमा मेन्डीले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा हल सिटी २-० गोलले विजयी भएको हो । हल सिटी २०१६/१७ सिजनपछि पहिलोपटक इंग्लिस प्रिमियर लिगमा बढुवा भएको हो ।
