नेपाल ‘ए’को लगातार दोस्रो हार

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० सिरिजमा नेपाल ‘ए’ले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार डार्विनस्थित मरारा क्रिकेट मैदानमा नेपाल ‘ए’लाई बंगलादेश हाई प्रफर्मेन्स टिमले नौ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको ९९ रनको लक्ष्य बंगलादेशले १०.२ ओभरमै एक विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि जिशन आलमले २९ बलमा चार छक्का र तीन चौकासहित अविजित ५२ रन बनाए । अरिफुल इस्लामले ३४ रनमा अविजित रहँदै टोलीलाई सहज जित दिलाए ।

नेपालका साहब आलमले बंगलादेशको एकमात्र विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९९ रनको सामान्य योगफल तयार गरेको थियो । कुशल भुर्तेलले ४० बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ४६ रन बनाए । विपीन खत्री र साहब आलमले समान ११ तथा रिजन ढकालले १० रन जोडे ।

बलिङतर्फ बंगलादेशका एमडी रुबेलले चार विकेट लिए । रिपोन मण्डल, रोहनत डोउल्लाह ब्रोसन र समिउन बसिरले समान एक विकेट लिए ।

नेपाल ‘ए’ले सिरिजको पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग आठ विकेटको हार व्यहोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *