नेपालद्वारा बंगलादेशलाई झिनो विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’ले बंगलादेश हाइप्रफर्मेन्स ११ विरुद्ध फितलो ब्याटिङ प्रदर्शन गरेको छ । डार्विनस्थित मर्रारा ओभलमा जारी खेलमा नेपालले बंगलादेशलाई १ सय रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९९ रन बनाएको हो । नेपालको लागि कुशल भुर्तेलले सर्वाधिक ४६ रन बनाउँदा अन्य ब्याट्सम्यानले फितलो ब्याटिङ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *