शेखर गोल्छालाई एक करोड धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासँग विशेष अदालतले एक करोड धरौटी मागेको छ । मंगलबार विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छासँग एक करोड धरौटी माग गरेको हो ।

व्यवसायी दीपक भट्टसँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले धरौटी माग गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गोल्छासँग २ अर्ब ७३ करोड ३३ लाख बराबर बिगो दाबी गरेको थियो  । हिमालय रिइन्स्योरेन्स लिमिटेडका पूर्वअध्यक्ष गोल्छालाई सीआईबीले वैशाखमा पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *