काठमाडौँ । रुकुमपूर्व केन्द्रबिन्दु भएर आइतबार अपरान्ह भूकम्प गएको छ । आइतबार अपराह्न ४ बजेर ३० मिनेटमा कोल क्षेत्र केन्द्र बनाएर ५.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का रुकुमपूर्वसहित आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।
