नायिका उषा रजकले मध्यरातमा खेप्नुपरेको ‘मेन्टल ह्यारेस'(भिडियो)

काठमाडौँ । नायिका उषा रजकले आफूमाथि रातको समयमा मेन्टल ह्यारेस भएको भन्दै गुनासो गरेकी छन् । सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी उनले गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव जेम्स कार्कीका भाइ सन्जोक कार्कीले यस्तो गरेको बताएकी हुन् ।

उनले रातको ३ः१९, ४ः०४ र ४ः२३ बजे लगातार तीन पटक म्यासेन्जरमा अडियो कल गरेको र आफूले साइबर ब्युरोमा भन्दा सहयोग नगरेको गुनासो गरेकी छन् । उनले साइबर ब्युरोले उजुरी लिनुको साटो ब्लक गरिदिन आग्रह गरेको जानकारी दिएकी छन् ।

उनले भनेकी छन्, ‘हिजो मलाई फ्रेण्ड रिक्वेस्ट आएपछि केही कमन फ्रेण्ड्स देखेर एड गरेकी थिएँ । त्यो माथि वर्तमान सम्मानी गृहमन्त्रीका प्रशंसक पनि रहेछन् । ‘फेरि किन नाम सहित यसरी पोस्टाइदेको?’ भन्नुहोला । फेरि उहाँले ‘ए, फोन मेरो म्यानेजरले चलाएको थियो, बच्चाले खेलिरहेको थियो।’ भन्नुहोला भनेर सार्वजनिक गरेको हुँ ।’

उनले यस्ता साना भनिने दुव्र्यवहारलाई बेवास्ता गर्दा भोलि ठूला अपराध निम्तिने भन्दै यसविरुद्ध बोल्नु आफ्नो सामाजिक दायित्व भएको बताएकी छन्।

उनले भनेकी छन्, ‘यस घटनाले एउटा ठूलो प्रश्न उठाएको छ। हामीलाई अरूलाई कसरी सम्मानपूर्वक सम्पर्क गर्ने भन्नेबारे राम्रो शिक्षा चाहिएको छ। सहमति बिना गरिएको प्रयास मित्रताको परिभाषा होइन। साथै, रुची व्यक्त गर्नु, अनलाइन उत्पीडन र साइबर बुलिङबीचको फरक पनि बुझ्न आवश्यक छ। यसका लागि कडा कानुन मात्र होइन, सम्मान, मर्यादा, सीमाको सम्मान र डिजिटल जिम्मेवारी सिकाउने नैतिक शिक्षा पनि उत्तिकै आवश्यक रहेको देखिन्छ ।’

हेर्नुस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *