काठमाडौँ । मंगलबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । मंगलबार नेप्से २४ दशमलव ६३ अङ्कले घटेको हो । नेप्से असार आठ गतेयता निरन्तर ओरालो लागिरहेको छ । आज सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक १ दशमलव ७४ प्रतिशतले ओरालो लागेको छ ।
यस्तै जलविद्युत्, उत्पादन तथा प्रशोधन र अन्य समूहको सूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै फाइनान्स समूह १ प्रतिशतले ओरालो लागेको छ । आज २३५ वटा कम्पनीको शेयर घटेकोमा ३५ वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज टक्सार पिखुवा खोला हाइड्रोपावरको शेयर १४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन स्नो रिभर्सको शेयर १५ प्रतिशतले बढेको छ । आज ३६५ वटा कम्पनीको ८७ लाख ३७ हजार कित्ता शेयर ३ अर्ब २५ करोड रुपैयाँमा कारोबार भएको छ ।
