काठमाडौं । सोमबार सुर्खेतमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई मंंगलबार काठमाडौँ ल्याइएको छ ।
उनलाई काठमाडौँ ल्याई आज प्रहरीले सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराएको छ । शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरिएको बताइएको छ । पौडेल पार्टी कार्यक्रमका लागि हिजो सुर्खेत पुगेका थिए ।
