कांग्रेसबाट विजयी भई रास्वपा प्रवेश गरेका तीन जनप्रतिनिधि पदमुक्त

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित भई पछि पछि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका तीनजना जनप्रतिनिधि पदमुक्त भएका छन् ।

निर्वाचन आयोगले सूचना जारी गरी उनीहरू निर्वाचित भएको पद स्वतः रिक्त भएको जानकारी दिएको हो । पदमुक्त हुनेमा जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाल छन् ।

राजनीतिक दल सम्बन्धी ऐनबमोजिम नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको सिफारिसको आधारमा उनीहरूको पद रिक्त भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *