सम्पत्ति छानबिनमा अडिग छु, मिडिया ट्रायलप्रति दुःखी : जनार्दन शर्मा

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले आफ्नो सम्पत्ति छानबिन हुनुपर्ने पक्षमा आफू पहिलेदेखि नै रहेको बताएका छन् । पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्रउपछि आफूलाई पनि पक्राउ गर्न लागिएको भन्दै मिडिया ट्रायल गरिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

उनले सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु। तर, सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु ।’

सोमबार पूर्वअर्थमन्त्री पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि सुर्खेतबाट पक्राउ परेका थिए । त्यसपछि शर्मा पक्राउको पालो भन्दै सामाजिक संजालमा हल्ला फैलाइएपछि उनको यस्तो भनाई आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *