काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री राजेन्द्र खरेलको पार्थिव शरीरमा कांग्रेस सभापति गगन थापाले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको खरेलको पार्थिव शरीरमा सभापति थापा, उपसभापति पुष्पा भुषाल, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्री उदय राणा, कोषाध्यक्ष उमेश श्रेष्ठलगायतले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली प्रकट गरेका हुन् ।
खरेलको बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८० वर्षको उमेरमा गएराति निधन भएको थियो । खरेलको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तय भएको छ ।
