समयानुकुल पार्टी पुनर्गठन हुन्छ र पुनर्गठित पार्टीमा सबैको सम्मान हुनेछः उपमहासचिव भट्टराई

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टटराईले राजनीतिक बहस र छलफलले पार्टीलाई कहिल्यै कमजोर नबनाएको बताएका छन् । सामाजिक संजालमार्फत भट्टराईले यतिवेला नेकपा एमालेमा दुईवटा बिचारकाबीचमा बहस भइरहेको भन्दै बहसले पार्टीलाई कमजोर नबनाउने बताएका हुन् ।

उनले भनेका छन्, ‘राजनीतिक बहस र छलफलले पार्टीलाई कहिल्यै कमजोर बनाएको छैन । आफना बिचारकाविरुद्ध उभिनुभएका मनमोहन अधिकारी, सीपी मैनाली लगायतका नेताहरूलाई मदन भण्डारीले कसैको दलाल वा एजेण्ट भन्नुभएन बरु उहाँहरूलाई पार्टीमा सम्माजनक स्थानमा राखेर सहकार्य गर्नुभयो । यो हो एमालेको संस्कृति ।’

त्यस्तै उनले समयानुकुल पार्टी पुनर्गठन हुने र पुनर्गठित पार्टीमा सबैको सम्मान हुने बताएका छन् । उनले भनेका छन्, ‘समयानुकुल पार्टी पुनर्गठन हुने नै छ । पुनर्गठित पार्टीमा सबैको सम्मान हुने छ । भिन्न भिन्न बिचार र मतकाबीचमा हार्दिकतापूर्ण सहकार्य हुनेछ । निषेधकारी व्यवहारको अन्त्य हुने छ । पार्टी सामुहिक र संस्थागत ढाँचामा चल्ने छ । तसर्थः आजको बहसलाई राजनीतिक र वैचारिक दिशादिन सम्पूर्ण एमालेजनमा म हार्दिक अनुरोध गर्दछु । ख्याल गरौ हामी जवजवादी हौ । हामी मदन भण्डारीका उत्तराधिकारीहरू हौँ!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *