काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशनमा सहभागी हुन देशभरबाट रास्वपाका महाधिवेशन प्रतिनिधि भेला भएका छन् ।
महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरिएको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् । यतिबेला महाधिवेशनस्थलमा रास्वपामा प्रतिनिधिहरु नाचगानदेखि मोही वितरणमा व्यस्त देखिएका छन् ।
तस्बिरः प्रदीपराज वन्त, सनद अधिकारी











