काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का असन्तुष्ट पक्षको भेला आज सुरु हुने भएको छ । केन्द्रीय समितिमा भाग नलिएका केन्द्रीय सदस्यहरूको सामूहिक भेला सुकेधारा स्थित लेविज गार्डेनमा सुरु हुन लागेको हो ।
बैठक महामन्त्री कुन्ती शाहीले सञ्चालन गर्नेछिन् । कमल थापाको तर्फबाट भरखरै केन्द्रीय सदस्य मनोनयन भएकाहरू समेत भेलामा सहभागी हुने बताइएको छ । भेलामा करिब १०० जना केन्द्रीय सदस्यको उपस्थित हुने अनुमान गरिएको सहायक महामन्त्री प्रेम बलायरले बताए ।
महाधिवेशन नजिकिँदै जाँदा वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनलाई घेराबन्दी सुरु गर्न भेला आयोजना गरिएको बताइएको छ ।
अध्यक्ष लिङदेनले विधान विपरीत गरेका सवै कार्यलाइ चुनौती दिने सहायक महामन्त्री प्रविण थोकरले बताए का छन्।
हामि पार्टी प्रति प्रतिवद्द कार्यकर्ता यो पार्टी हाम्रो रगत र पसिना वाट श्रृजित छ।यसलाई नेतृत्व दायि दलको रुपमा स्थापित गर्न हामी प्रतिवद्द छौ तर अध्यक्ष ले गरेका विधान विपरीत का सवै निर्यण लाई चुनौती दिन हामी सक्षम रहेको केन्द्रीय सदस्य गोपाल पौडेल ले वताएका छन्
असार ५ र ६ गते केन्द्रीय सदस्य बाहेकका अनधिकृत व्यक्तिहरू समावेश गरेर कोरमसमेत नपुगेको बैठकले गरेका निर्णयहरू मान्न बाध्य नहुने र महाधिवेशन बाहेका सबै निर्णय अस्वीकार गर्ने असन्तुष्ट पक्षको तयारी छ ।
