एजेन्सी । मेक्सिको फिफा विश्वकप-२०२६ को नकआउट चरणमा छ । शुक्रबार बिहान भएको खेलमा दक्षिण कोरियालाई १-० गोलले हराउँदै मेक्सिको अन्तिम ३२ मा पुगेको हो ।
गुडालाजारा स्टेडियममा भएको खेलमा मेक्सिकोलाई जित दिलाउन लुइस रोमोले एक गोल गरे । खेलको ५० औँ मिनेटमा रोमोले गरेको गोलनै मेक्सिकोलाई जित दिलाउन पर्याप्त बन्यो ।
जितसँगै मेक्सिको २ खेलबाट ६ अंक जोड्दै समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ३ अंक जोडेको दक्षिण कोरिया दोस्रो स्थानमा रहेको छ ।
