प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ ।  प्रधानसेनापति अशोकराज सिग्देलले मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथीमा पदोन्नति भएका भुवनपूर्ण सत्याल, मानार्थ उपरथीमा पदोन्नति भएका रोशनशमशेर राणा र मानार्थ सहायक रथीमा पदोन्नति भएका उमेश कार्कीलाई आज दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यस अवसरमा नेपाली सेनाका रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *