काठमाडौँ । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)ले लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा उभिन सबैलाई आह्वान गरेको छ । बुधबार पापडमा आवद्ध ६ वटा पेशागत संस्थाकाले सयुक्त अपिल जारी गरी नागरिक अधिकार खुम्च्याउने तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमा अंकुश लगाउने सरकारी कदमको विरोध गरेको छ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र, नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा.डा. रमेशकुमार जोशी, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवास चन्द्र बरालले संयुक्त अपील जारी गरेका हुन्।

