बेल्जियम र इजिप्ट तथा उरुग्वे र साउदी अरेबियाको बराबरी

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज बिहान भएको दुवै खेल बराबरीमा सकिएको छ । मंगलबार बिहान भएको खेलमा बेल्जियम र इजिप्टले १-१ गोलको बराबरी खेलेका हुन् ।

सेटले स्टेडियममा भएको खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा इजिप्ट बराबरीमा रोकिन पुगेको हो । खेलको १९ औँ मिनेटमा मोहम्मद सलाहको पासमा इमाम अशोरले गोल गर्दै इजिप्टलाई शुरुवाती अग्रता दिलाएका थिए । ६६ औँ मिनेटमा मोहम्मद हानिले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि बेल्जियम खेलमा फर्किएको थियो ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा १/१ अंक बाढेका हुन् ।

आज बिहानै भएको अर्को खेलमा साउदी अरेबिया र उरुग्वेलेपनि १-१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् । मियामी स्टेडियममा भएको खेलको ४१ औँ मिनेटमा अब्दुलेलाह अल अम्रीले गोल गर्दै  साउदी अरेबियालाई शुरुवाती अग्रता दिलाएका थिए ।

तर ८० औँ मिनेटमा म्याक्सी अरौजोले गोल गर्दै उरुग्वेको हार टारेका हुन् । बराबरीसँगै समूह ‘एच’मा रहेका उरुग्वे र साउदी अरेबियाले १-१ अंक बाढेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *