काठमाडौं । नेपाली राष्ट्रिय महिला फूटबल टोलीका चार खेलाडी भुटानको ट्रान्सपोर्ट युनाइटेडमा अनुबन्धित भएका छन् । क्लबले शुक्रबार फरवार्ड मीना देउवा, मिडफिल्डरद्वय अनिता केसी र दीपा शाही तथा डिफेन्डर समिक्षा घिमिरेलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
सबै चार जना खेलाडी शुक्रबार बिहान भुटान प्रस्थान गरेका थिए । उनीहरुले ट्रान्सपोर्टबाट हाल जारी बिओबी महिला राष्ट्रिय लिग खेल्नेछन् ।
ट्रान्सपोर्टले आज पारो फूटबल क्लबसँग खेल्दैछ ।
