जनकपुर बोल्ट्सले गर्यो मार्की खेलाडी आसिफ शेखलाई रिलिज

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल )को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले मार्की खेलाडी आसिफ शेखलाई रिलिज गरेको छ । तेस्रो सिजनको लागि जनकपुर बोल्टेसले आफ्नो रिटेन लिस्ट सार्वजनिक गर्दै आसिफलाई रिलिज गरेको जानकारी दिएको हो ।

जनकपुरके ५ जना रिटेन गर्दा मार्की आसिफसहित ७ जना रिलिज गरेको हो । जनकपुरले ललित राजवंशी, अनिलकुमार शाह, मयन यादव, विकास आग्री र आदित्य महता रिटेन गरेको हो । जनकपुरले आसिफसँगै किशोर महतो, शुभ कंसाकर, तुलबहादुर थापा, पप्पु यादव, सचिन भट्ट र रुपेश सिंहलाई रिलिज गरेको हो ।

जनकपुरले ७ जना रिटेन गर्न पाउने नियममा ५ जना मात्रै रिटेन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *