शेयर बजारमा ६ अर्ब ४४ करोडको कारोबार

काठमाडौँ । मंगलबार शेयर बजार नेप्से झिनो अंकले घटेको छ । मंगलबार नेप्से १.५४ अंकले घटेको हो । आज ३५७ वटा कम्पनीको १ करोड २३ लाख ८२ हजार १७ कित्ता सेयर ६ अर्ब ४४ करोड रुपैयाँ किनबेच भएको छ ।

आज १०५ कम्पनीका शेयरमूल्य बढे भने १५१ कम्पनीका शेयर मूल्यमा गिरावट आयो । सोपान फर्मास्युटिकल्स र कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो ।

त्यस्तै सप्तकोशी विकास बैंकको १०.९८, उपकार लघुवित्तको ८.७०, अपरहेवाखोलाको ६.१७ प्रतिशत मूल्य बढ्यो । आज धेरै कारोबार भएकामा कम्पनीमा सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत्, अपर हेवाखोला, नेपाल रिइन्स्योरेन्स, रिडी पावर तथा शिवम् सिमेन्ट रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *