नेप्सेमा सामान्य अंकको वृद्धि

काठमाडौँ । बिहीबार शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । नेप्से आज ४.६७ अङ्कले बढेको हो । आज बैंक, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक बढेको छ ।

आज १७२ वटा कम्पनीको शेयर बढेकोमा ९० वटाको घटेको छ । आज बेनी हाइड्रोपावर प्रोजेक्टको शेयर १५ प्रतिशतले बढेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज ३४९ वटा कम्पनीको १ करोड ३६ लाख कित्ता शेयर ४ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *