भारतले नेपालका लागि दुई वटा बन्दरगाहको पहुँच दिने

नयाँदिल्ली । भारतले नेपालको तेस्रो मुलुकसँग आयात निर्यातका लागि दुई वटा बन्दरगाहको पहुँच दिने भएको छ । प्रधानमन्त्री बालेन साहको भारत भ्रमणका क्रममा सोमबार नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको कान्डला र उडिसाको पारादीप बन्दरगाह नेपाललाई पारवहन व्यापारका लागि उपलब्ध गराउने घोषणा गरेका हुन् ।

समुद्रसँग सिधा पहुँच नभएको नेपालले तेस्रो मुलुकसँग आयात–निर्यात गर्न विदेशी बन्दरगाह प्रयोग गर्नुपर्छ। भारतका थप दुई बन्दरगाह प्रयोग गर्न पाएपछि नेपाली व्यवसायीलाई सामान आयात–निर्यातका लागि वैकल्पिक मार्ग उपलब्ध हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *