बैंगलुरु लगातार दोस्रोपटक आईपीएलको फाइनलमा

एजेन्सी । साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरु लगातार दोस्रोपटक फाइनलमा पुगेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायरमा गुजरात टाइटान्सलाई ९२ रनले हराउँदै बैंगलुरु फाइनलमा पुगेको हो ।

जितको लागि २ सय ५५ रनको विशाल विजयी लक्ष्य पछ्याएको गुजरातले १९.३ ओभरमा अलआउट हुँदै १ सय ६२ रनमात्र बनाउन सक्यो । गुजरातको लागि राहुल टेवाटियाले अर्धसतक बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् । राहुलले ४३ बलमा ८ चौका र ४ छक्काको मद्दतमा ६८ रन बनाउँदा जोस बटलरले २९ र साइ सुधर्सनले १४ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

बैंगलुरुको लागि जोकाब डुफीले तीन, भुवनेश्वर कुमार, रासिख सलाम र कुर्नाल पान्ड्यले समान दुई/दुई तथा जोश हज्लेवुडले एक विकेट लिए ।

यसअघि धर्मशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको बैंगलुरुले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५४ रन बनाएको थियो । बैंगलुरुको लागि कप्तान रजत पतिदरले अर्धसतक बनाए । उनले ३३ बलमा विस्फोटक ब्याटिङ गर्दै ९ छक्का र ५ चौकाको मद्दतमा नटआउट ९३ रन बनाए । यस्तै विराट कोहली र कुर्नाल पान्ड्यले समान ४३/४३ रन बनाउँदा देवदत्त पडिकलले ३०, भेन्कातेश आयरले १९ र जितेश शर्माले नटआउट १५ रन बनाए ।

गुजरातको लागि कागीसो रबडा र जेसन होल्डरले समान दुई/दुई विकेट लिँदा प्रशिद्ध कृष्णले एक विकेट लिए ।

जितसँगै बैंगलुरु सिधै फाइनलमा पुग्दा गुजरातले दोस्रो मौका पाउनेछ । अब गुजरातले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच हुने इलिमिनेटरको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *